दफा ३७
कम्पनी खारेज हुने आदेश भएकोमा खारेज गर्नु पर्ने
(१) अदालतले यस ऐनबमोजिम कम्पनी खारेज गर्ने आदेश दिएकोमा त्यसरी आदेश दिँदाका बखत दामासाहीसम्बन्धी व्यवसाय गर्न पाउने व्यक्तिहरूमध्येबाट अदालतले एकजना लिक्विडेटर नियुक्त गर्ने आदेश दिनेछ ।
(२) उपदफा (१) बमोजिमको आदेश भएपछि कम्पनी खारेज गर्ने काम कारबाही प्रारम्भ भएको मानिनेछ ।